Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गृहमन्त्री खाँण भन्छन् – स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुन्छ

    गृहमन्त्री खाँण भन्छन् – स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.2K
    SHARES

    तनहुँ। गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनले मुलुकलाई राजनीतिक निकास दिने भन्दै स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुने वताएका छन्। ।

    आठौं तनहुँ महोत्सव समापनका अवसरमा दमौलीमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले जुन ठाउँमा गठन आवश्यक छ उक्त ठाउँमा गठबन्धन पर्ने अन्यथा गठबन्धन गर्न नपर्ने उल्लेख गरे ।



    अझै पनि लोकतान्त्रिक गणतन्त्र माथि धावा बोल्ने प्रयास भईरहेको हुँदा गठबन्धन जरुरी भएको गृहमन्त्री खाँणको भनाई थियो । गठबन्धनमा संलग्न राजनीतिक दलहरुको वैचारिक सिद्धान्त फरक—फरक भएपनि लक्ष्य एउटै रहेको हुँदा गठबन्धन जरुरी भएको गृहमन्त्री खाँणको भनाई थियो ।



    यस किमिसिको मेला महोत्सवले मुलुकको अर्थतन्त्रलाई चलायमन गराउने समेत गृहमन्त्री खाँणको भनाई थियो ।

    तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जलस्रोत तथा खानेपानी मन्त्री उमाकान्त चौधरी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्धय शंकर भण्डारी, ध्रुव वाग्ले, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने , प्रकाश पन्त , कलिला खान , प्रदेश मन्त्री दोवाटे विक , प्रदेश सभा सदस्य सरिता गुरूङ , उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ , जिल्ला समन्वयका सभापति शान्तिरमण वाग्ले , पविन्द्र कुमार श्रेष्ठ , मानकाजि श्रेष्ठ, सुवोध अधिकारी लगायतका वक्ताहरूले मन्तब्य राखेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार