Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बिदा हुँदै गृहमन्त्री खाँणले भने- नयाँ सरकारलाई सहजतापूर्वक लिएको छु

    बिदा हुँदै गृहमन्त्री खाँणले भने- नयाँ सरकारलाई सहजतापूर्वक लिएको छु

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताएका छन् ।

    सोमबार मन्त्रालयमा आयोजित बिदाई भेटमा बोल्दै काँग्रेस नेता समेत रहेका गृहमन्त्री खाणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए ।



    उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे ।



    गृहमन्त्री खाणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरेका थिए । त्यसलाई सफलतापूर्वक संचालन गरेको उनको दाबी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको गृहमन्त्री खाँणले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार