Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्री बालकृष्ण खाँणले भने – निर्वाचनको परिणामपछि मात्रै प्रधानमन्त्रीको टुङ्गो लाग्छ

    गृहमन्त्री बालकृष्ण खाँणले भने – निर्वाचनको परिणामपछि मात्रै प्रधानमन्त्रीको टुङ्गो लाग्छ

    पाँच दलीय गठबन्धनकै सरकार बन्छ

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 897
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन्। भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

    गृहमन्त्री खाँणले चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी गरे। खाँण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए।



    उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको बताए । गृहमन्त्री खाँणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरे।



    उनले भने, ‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ । नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’

    अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए। उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार