Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री खाँण

    प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन्।

    नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।



    उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए। भर्खरै सम्पन्न आम चुनाव,



    नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे ।

    मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो । गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए।

    उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार