Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुपन्देही ३ मा गृहमन्त्री खाँण राप्रपाका बोहोरासंग हार्ने निश्चित

    रुपन्देही ३ मा गृहमन्त्री खाँण राप्रपाका बोहोरासंग हार्ने निश्चित

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 885
    SHARES

    काठमाडौं । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण २५०० मतान्तरले पछि परेका छन् ।

    जारी मतगणनामा गन्न बाँकी मत र राप्रपा उम्मेदवार दीपक बोहोराको अग्रता लगभग उस्ताउस्तै भएकाले खाण हार्ने निश्चित भएको हो।



    राप्रपाका वरिष्ठ नेता बोहोराले गृहमन्त्री खाँणलाई २५०० मतान्तरले पछि पार्दै आफ्नो अग्रतालाई कायम राखेका छन्।



    रुपन्देही क्षेत्र नं ३ मा जनमुक्ती पार्टीको सर्मथनसहित सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले ३२ ह्जार ६ मत प्राप्त गर्दा एमाले, राप्रपा र जसपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका बोहोराले ३४ हजार ७० मत प्राप्त गरेका छन्।

    अब सियारी गाउँपालिकाको वडा नं २,३ र ६ को ३५०० मत गणना गर्न बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार