Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निर्धक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री खाँणको आग्रह

    निर्धक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री खाँणको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको वताएका छन्। गृहमन्त्री  खाणले  सक्रिय रुपमा क्रियाशील भई मतदान प्रक्रियामा भाग लिन मतदाताहरुलाई अपील गरेका छन् ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्‍याउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु’, उनले भनेका छन् ।



    उनले भने, ‘यहाँको अभिमतले देश र देशबासीको समृद्धिमा सहयोग पुर्‍याउनेछ भन्ने विश्वास लिएको छुँ ।’



    ‘जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले निर्माण गरेको नेपालको संविधान २०७२ ले नेपाली जनतालाई सार्वभौम बनाएको छ’, उनले भने, ‘संविधान निर्माण पश्चात दोस्रो पटक यही बैशाख ३० गते मुलुकभर एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ । सरकारले सुरक्षा व्यवस्थासम्बन्धी र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको छ । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार