Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री खाँण

    एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

    एमाले अध्यक्ष ओलीनिकट स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्री खाँण बुधबार बिहान ओलीलाई भेट्न बालकोट पुगेका थिए।



    यसअघि मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न ओलीसँगै अरू एमाले नेताहरू बालुवाटार आएका थिए।



    पछिल्लो समय एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा छलफल भइरहेको छ ।

    बालकोटमा पनि ओली र गृहमन्त्री खाँणबीच एमसिसीकै विषयमा छलफल भएको स्रोतको भनाइ छ। भेटपछि अहिले मन्त्री खाँण बालकोटबाट बाहिरीसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार