Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीको गुनासो- दशै दिशाबाट हामीलाई सिध्याउन हमला भयो

    एमाले अध्यक्ष ओलीको गुनासो- दशै दिशाबाट हामीलाई सिध्याउन हमला भयो

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 573
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय राजनीतिमा अराजकता बढ्दै गएको गुनासो गरेका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै उनले राजनीतिमा अस्थिरता, अन्योल र अविश्वास बढेको बताएका हुन् ।



    आफ्ना विचारलाई लोकतान्त्रिक विधिबाट प्रकट गर्ने र लोकतान्त्रिक विधिबाट समाधान खोज्ने भन्दा ढुंगा हानेर, अशान्ति मच्याएर आतंकपूर्ण तरिकाबाट आफ्नो असहमति जनाउने शैली अपनाउन थालेका उल्लेख गरे ।



    अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सिध्याउन सबैतिरबाट हमला भईरहेको भए तापनि पुनर्जीवित गरिएको बताए ।

    उनले भने, ‘हामीलाई सिध्याउने हमला दशै दिशाबाट भयो । कतैबाट बाँकी नराखी चौतर्फी हमला । विचित्र अवस्था व्यहोरेर यी दुई वर्षमा पार्टीलाई जोगाएका छौँ । पार्टीलाई पुनर्जीवित गरेका छौँ, सशक्त ढंगले ।’

    अश्लील र अपमानपूर्ण रुपमा बोलेपछि मात्रै आफ्नो कुरा सम्प्रेषण हुन्छ भन्ने प्रवृत्ति बढेको ओलीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार