Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गर्नु संवैधानिक व्यवस्था विपरित : केपी ओली

    सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गर्नु संवैधानिक व्यवस्था विपरित : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 534
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाविपरीत सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै उनले न्यायपरिषद्मा ६५ वर्षभन्दा माथिकालाई नियुक्त गर्न नपाउने व्यवस्था रहे पनि उमेरहद भन्दा बढीका मान्छेलाई नियुक्त गरेको आरोप लगाए ।



    उनले यस विषयमा संविधान र कानुनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताए ।



    त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकणमा एमाले संलग्न नभएको भन्दै कोही नेता कहीँ कतै दोषी देखिए कारवाहीको लागि आफैं अग्रसर हुने जिकिर गरे ।

    मुलुकमा आर्थिक लगायत विभिन्न समस्या देखिएपनि वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको अध्यक्ष ओलीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार