Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली भन्छन्– प्रदेश नामाकरणको विरोधमा आन्दोलन गर्नुको औचित्य छैन

    एमाले अध्यक्ष ओली भन्छन्– प्रदेश नामाकरणको विरोधमा आन्दोलन गर्नुको औचित्य छैन

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 537
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नामको विरोधमा भइरहेको आन्दोलन औचित्यपूर्ण नभएको बताएका छन् ।

    उनले अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शन आतंककारी क्रियाकलाप, उद्दण्डता भइरहेको बताए ।



    इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश सबैको साझा भएको भन्दै नाम परिवर्तन गर्न दुई तिहाई पुर्‍याउन आन्दोलनकारीलाई चुनौती समेत दिए ।



    त्यस्तै, हिजो झापाको भद्रपुर विमानस्थलबाट बुधबारे जानेक्रममा आक्रमणको प्रयास गर्ने नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरु रहेको दाबी गरे।

    आक्रमणमा परी दुई प्रहरी घाईते भएका थिए भने आक्रमणको प्रयासमा संलग्न रहेको भन्दै मित्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार