Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृहमन्त्री खाँणसँग ओलीले भने- एमसीसीमा साथ दिने भए एमालेलाई न्याय दिनु

    गृहमन्त्री खाँणसँग ओलीले भने- एमसीसीमा साथ दिने भए एमालेलाई न्याय दिनु

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् ।

    बुधबार एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बालकोट पुगेका खाँणलाई ओलीले यस्तो सन्देश दिएका हुन् ।



    ‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ भेटवार्ताबारे ओलीनिकट एक नेताले अनलाइन नेपालसंग भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’



    यसअघि मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न ओलीसँगै अरू एमाले नेताहरू बालुवाटार आएका थिए।

    पछिल्लो समय एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा छलफल भइरहेको छ । ओलीसँगको भेटअघि गृहमन्त्री खाँण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार