Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्तारुढ गठबन्धनको बैठक: निर्वाचनको मिति र ऐन संशाेधनबारे थप गृहकार्य गरिने

    सत्तारुढ गठबन्धनको बैठक: निर्वाचनको मिति र ऐन संशाेधनबारे थप गृहकार्य गरिने

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर फाइल फोटो

    काठमाडौं । आगामी निर्वाचनका विषयमा छलफल गर्न शनिबार बसेको गठबन्धन दलको बैठकले कुनै सहमति जुटाउन सकेन । बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

    बैठकमा संविधानसँग बाझिएका कानून संशाेधन गर्ने विषयमा गठबन्धन दलबीच छलफल भएपनि सहमति जुटन नसकेको हो। कानून संशाेधनको विषयमा पार्टीमा आन्तरिक छलफल पछि फेरि गठबन्धन बैठक बस्ने सहमति भएको छ । बैठक अपरान्ह ४ बजे बस्ने छ।



    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागीता रहेको थियो ।



    यसअघि शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसँग ऐन संशाेधन र निर्वाचनको मितिबारे छलफल गरेका थिए।

    स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिँदै आएको छ।

    निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी कार्तिकदेखि मिति तोक्न पटक-पटक ताकेता गर्दा पनि सत्ता गठबन्धन तयार नहुँदा मिति घोषणा भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार