Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री प्रभु साह सहभागी कार्यक्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

रौतहट । पूर्वमन्त्री प्रभु साह सहभागी भएको कार्यक्रममा झडप भएको छ ।

बिहीबार जिल्लाको मौलापुर नगरपालिकाको पाँचौँ नगरसभा भइरहँदा प्रभु साह पक्ष र विपक्षी दलका कार्यकर्ताबीच झडप भएको हो ।

झडपको स्थितिलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहकी श्रीमती रिनाकुमारी साह मौलापुर नगरपालिकाकी मेयर हुन् ।

नगरपालिकामा अनियमितता भएको भन्दै विपक्षी दलका नेताहरुले विरोध प्रदर्शन गरेपछि दोहोरो झडप भएको हो ।

नगर सभामा बजेट पेश गर्ने क्रममा विपक्षी दलहरुको विरोध भएपछि झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077