Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नै अवैध रहेको प्रभु साहको आरोप

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र  अवैध रहेको  आरोप लगाएका छन्। ।

रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै  साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको नेता साहले तर्क गरेका छन् ।

मौलापुर नगरपालिकाको बजेट अधिवेशन चलिरहँदा प्रतिपक्षीहरुले विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनमा उत्रेको समूहको प्रतिकारमा प्रभु साहका समर्थक र प्रदर्शनमा उत्रेका बीच दोहोरो भीडन्त भएको थियो।

दोहोरो ढुँगा हानाहानलाई प्रहरीले रोक्न खोज्दा प्रहरी नै दुवैतिरबाट निशाना बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रु ग्याँस तथा हवाई फायर गरेको छ । प्रहरीले २३ राउन्ड अश्रु ग्याँस तथा १४ राउन्ड हवाई फायर गरेको छ। यसै क्रममा दुवैतिरबाट भएको ढुंगा प्रहारबाट नौ प्रहरी र तीन सशस्त्र प्रहरी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077