Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

साथिलाई कुट्ने र प्रहरीलाई अभद्र व्यवहार देखाउने ज्वाला सङ्ग्रौलाको पाँच दिन म्याद थप

काठमाडौं । आफ्नै साथिमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहमाथि अनुसन्धानको लागि पाँच दिन म्याद थप गरिएको छ ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन समय थप गरिएको हो ।

संग्रौलाको समूहमाथि पहिलेकै साथी खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा पक्राउ परेकी संग्रौलाको अनुसन्धान पूरा नभएकाले म्याद थपिएको महनगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ । प्रहरीले संग्रौलासहित हिमाल उपाध्यायलाई असार ६ गते र शर्मिला वाइबालाई आइतबार पक्राउ गरेको थियो ।

संग्रौलासहित उनको समूहले केहि समय अघि महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि पनि रंगभेदी दूर्व्यवकार गरेका थिए । उक्त घटनाका विषयमा समेत छानबिन हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077