Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी

एजेन्सी । पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ ।

गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १६१ रनको लक्ष्य वेस्ट इन्डिजले ३० बल अगावै भेट्टायो ।

वेस्ट इन्डिजका लागि इभिन लेविसले ७१ रनको योगदान गरे भने क्रिस गेलले ३२, आन्द्रे फ्लेट्चरले ३० र आन्द्रे रसेलले २३ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज शामीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६, क्विन्टन डी ककले ३७ रन, टिम्बा बाभुमाले २२ र रिजा हेन्ड्रिक्सले १७ रन बनाए । वेस्ट इन्डिजका फाबियन एलन र ड्वाने ब्राभोले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077