Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटन मुद्दा : रिट निवेदक पक्षको बहस सकिने, सरकारी पक्षले बहस थाल्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज रिट निवेदक पक्षको बहस सकिँदै छ । सरकारी पक्षले भने आफ्नो बहस आजदेखि थाल्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि १२ घण्टा समय दिइएको थियो । शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

आज रिट निवेदकको पक्षबाट हुने बहस सकिने छ । विपक्षीको तर्फबाट बचाउ गर्नका लागि १५ घण्टाको समय तोकिएको छ ।
आज निवेदक पक्षको बहस सकिएसँगै विपक्षीबाट बहस सुरु हुनेछ । संवैधानिक इजलासमा यही असार ९ गतेबाट विषयकेन्द्रित वहस भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077