Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पास भएका विद्यार्थीलाई ‘रिटेस्ट’ भन्दै किन बोलायो बुढानिलकण्ठ स्कुलले ?

काठमाडौं । कुनैबेला राजपरिवार र राणाहरुका छोराछोरी मात्रै पढ्ने स्कुल भनेर चिनिएको बुढानिलकण्ठ स्कुलले नेपाली जनताका छोराछोरीलाई पनि पढाउने भन्दै वर्षैपिच्छे सरकारी विद्यलयमा पढिरहेका सर्वसाधरण जनताका छोराछोरीलाई पनि भर्ना गर्दै आएको छ । तर, पछिल्लो समय भने भर्नाको विषयलाई लिएर बुढानिकलण्ठ स्कुल पटक–पटक विवादमा पर्दै आइरहेको छ ।

यो वर्ष पनि बुढानिकलण्ठ स्कुलले गर्नै नहुने काम गरेको भन्दै अभिभावकहरु आक्रोशित बनेपछि स्कुल विवादमा फसेको हो । कक्षा ५ का लागि भर्ना लिन प्रवेश परिक्षामा पास गरिसकेका २१ जना विद्यार्थीलाई ‘रिटेस्ट’ भन्दै सोमबार बोलाएपछि अभिभावकहरु आक्रोशित भएका हुन् ।

स्कुलले असार ७ गते छात्र र छात्रा गरी ८९ जना लिखित परीक्षामा पास भएको भन्दै रिजल्ट आफ्नो वेभसाइटमा राख्यो । जुन सूचनामा छात्राहरुका लागि ७ गते र छात्रहरुका लागि असार ८ र ९ गते अन्तर्वार्तामा सहभागी हुन पनि आग्रह गर्यो । सोही अनुसार पास भएका विद्यार्थीका अभिभावकहरुले आफ्ना छोरा छोरीलाई अन्तर्वातामा सहभागी गराए पनि ।

त्यसपछि बल्ल शुरु भएको बुढानिलकण्ठको भित्रीचाल । अन्तर्वार्तामा सहभागी भएकाहरुमध्ये कति पास भए कति फेल भए भन्नेबारे अहिले कसैले जानकारी पाएका छैनन् । तर, लिखितमा नाम निस्केकामध्ये २१ जनालाई मात्रै ‘रिटेस्ट’का लागि भन्दै विद्यालयमा नै बालाएपछि अभिभावकहरु शसंकित बनेका छन् । एक अभिभावकले आक्रोशित हुन्दै प्रश्न गर्छन्–‘कतै यो आफ्ना माछे छिराउने चाल त होइन ?’ भर्चुअल माध्यमबाट प्रवेश परिक्षा उत्तिर्ण गर्ने ८९ जना मध्य २१ जनालाई मात्र रिटेस्टका लागि आउन भन्दै अभिभावकलाई स्कुल प्रशासनले फोन गरेको थियो ।

एमाले नेता इश्वर पोखरेलको क्षेत्रमा पर्ने उक्त स्कुलले स्थानीय सरकारका पदाधिकारी, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी, सरकारी कर्मचारीका उच्च ओहदाका व्यक्तिका सन्तानलाई भर्ना गराउनका लागि ‘रिटेस्ट’को नाटक गरेको प्रष्ट भएको पनि ति अभिभावक दावी गर्छन् । स्कुलले चाहेको भए फेल पनि बनाउन सक्थ्यो । तर, पास भाएको रिजेल्ट निकालीसकेपछि फेल गराउन असम्भव भएकाले ‘रिटेस्ट’को बहाना बनाएको पनि उनको आरोप छ ।

‘उच्च तहका व्यक्तिका सन्तानलाई राख्नका लागि पास भइसकेका विद्यार्थीलाई कतै फेल गराउनकै लागि त ‘रिटेस्ट’ को बहाना बनाइएको होइन ? भन्दै अर्का अभिभावक पनि आक्रोशी हुँदै प्रश्न गर्छन् । उनले स्कुलको उक्त कमदका कारण कक्षा ५ मा पढ्ने साना विद्यार्थीमा मनोवैज्ञानिक असर समेत पर्न सक्ने गुनासो गरे ।

अर्को कुरा भर्चुअल माध्यमबाट लिइएको परीक्षामा पास भइसकेपछि स्कुलले फेरि भोली कोरोना महामारीमा उपस्थित हुन आदेश दिनुले स्कुलको नियतमाथि नै प्रश्न उठाएको छ । रिटेस्ट गर्दा र केही विग्रिएको भए सबैको गर्नुपर्ने तर छानी छानी २१ जनाको मात्र किन गरिँदैछ ? यसमा शंका छ’, अर्का अभिभावक भन्छन्,‘यसले स्कुलमाथिको विश्वसनियता कहाँ कायम रह्यो र ?’ यसबारे स्कुलका प्रिन्सिपल होमनाथ आचार्यसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

हेर्नुहोस् स्कुलले जारी गरेको प्रवेश परिक्षा पास भएको विवरण

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077