Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सार्वजनिक सवारीसाधन चलाउन दिनेबारे आज निर्णय हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन दिनेबारे आज निर्णय हुने भएको छ ।

निषेधाज्ञा थप एक साता लम्ब्याउने तथा सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिनेबारे आज सहमति हुने छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि आज सकिँदैछ।

काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो पारिएको छ।

जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिनेबारे आइतबार छलफल भएको थियो । यातायात व्यवसायीहरुले जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिँदा यात्रुको चाप बढेर संक्रमण झन् बढ्नसक्ने भन्दै सबै गाडी चलाउन दिन आग्रह गरिरहेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077