Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा विवाद कायमै, आफू एक नम्बरको अध्यक्ष रहेको महन्थ ठाकुरको दावी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूलाई एक नम्बरको अध्यक्ष भएको दाबी गरेका छन् ।

आइतबार अध्यक्ष ठाकुर पक्षले निर्वाचन आयोगलाई पठाएको पत्रमा पार्टीको एक नम्बर अध्यक्ष महन्थ नै रहेको दावी गरिएको एक नेताले बताएका छन्।

गत पुस ७ गतेको बैठकले महन्थ ठाकुरलाई कार्यकारिणीको अधिकार दिएका कारण उनी एक नम्बरको अध्यक्ष रहेको दावी गरिएको जसपाका ती सदस्यले जानकारी दिए ।

अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो पक्षबाट २० जना राखेका छन् । ठाकुरले आयोगमा बुझाएको पत्रमा कार्यकारिणी समितिका ३८ जना सदस्यको हस्ताक्षर रहेको छ । जसमा कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले गरेका निर्णयको प्रतिलिपि पनि बुझाइएको छ । त्यस्तै, २०७७ पुस ७ गते बसेका कार्यकारिणी समितिको बैठकले गरेको निर्णयको प्रतिलिपि पनि पठाइएको छ ।

तर, जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने पुस ७ को बैठकमा ठाकुरलाई अधिकार दिनेगरी त्यस्तो कुनै निर्णय नभएको दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077