Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधिसभा विघटन

    संवैधानिक इजलासमा विपक्षीको बहस, १५ घण्टाको समय छुट्याइयो

    संवैधानिक इजलासमा विपक्षीको बहस, १५ घण्टाको समय छुट्याइयो

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ ।

    आइतबार संवैधानिक इजलासमा रिट निवेदक पक्षको बहस सकिएकाले आजदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ ।



    विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न तीन घण्टाको समय दिइएको छ।



    गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार