Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारी पक्षको बहस

    महान्यायाधिवक्ता बडालको प्रश्न – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा किन संवैधानिक इजलासमा ?

    महान्यायाधिवक्ता बडालको प्रश्न – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा किन संवैधानिक इजलासमा ?

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ ।

    विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न तीन घण्टाको समय दिइएको छ।



    महान्यायाधिवक्ता बडालले बहसमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा किन संवैधानिक इजलासमा राखियो भनेर प्रश्न गरेका छन् । बहसको सुरुमै उनले अदालतलाई झुक्काउने गरि निवेदन आएकाेले खारेज हुनुपर्ने भन्दै प्रधानमन्त्री र राष्ट्रपतिकाे कदम असंवैधानिक भयाे भन्न याे निवेदन संवैधानिक भए नभएकाे टुंगोमा पुग्नु पर्छ । निवेदन नै अदालतलाई झुक्याउने गरी आएको छ’, उनले भने।



    गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार