Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री निकट व्यक्तिको रेष्टुरेन्टका लागि पार्किङस्थल बनाउन हाम्रो टिमको खानास्थल भत्काइयो !

    प्रधानमन्त्री निकट व्यक्तिको रेष्टुरेन्टका लागि पार्किङस्थल बनाउन हाम्रो टिमको खानास्थल भत्काइयो !

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका व्यक्तिहरुले पार्किङस्थल बनाएको अनामनगरस्थित सरकारी जग्गामा खाना बनाएर समाज सेवा गर्दै आएका हाम्रो टिम नेपाल नामक संस्थाका संयोजक विमल पन्तलगायतको टिमलाई प्रहरीले पक्राउ गरेको छ।

    अभियन्ता पन्तसहितको टिमलाई अनामनगरस्थित सिंहदरवारको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।



    राजधानीको सिंहदरबार पूर्वीगेटस्थित अनामनगरमा रहेको युनियन हाउसले विगत विगत १० वर्षदेखि कब्जा गरेर पार्किङ गर्दै आएको सरकारी जग्गामा केहीदिन यता हाम्रो टिम नेपालले खाना पकाएर गरिब तथा असहायलाई निशुल्क वितरण गर्दै आएको थियो । भने सोही स्थानमा उनीहरुले मेलम्ची बाढीबाट प्रभावितका लागि खाध्यान्न र ब्ल्यांकेट लगायत सामग्री समेत राख्दै आएका थिए ।



    तर, प्रधानमन्त्री कार्यालयकै निर्देशनमा हाम्रो टिम नेपालका संयोजक पन्त सहित १८ जनालाई पक्राउ गरिएको र नगर प्रहरी र नेपाल प्रहरीले खाना पकाउने स्थल र सहयोगको रुपममा आएको लत्ता कपडा समेत भताभुंग पारिदिएको उक्त टिमका एक सदस्यले जानकारी दिए।

    यसअघि एक अनलाइनका मालिक रहेका मनोजराज पाण्डेले युनियन हाउसको पार्किङ बनाएर राखेपनि सरकारले कुनै कारबाही गरेको थिएन ।

    उनै पाण्डेद्वारा सञ्चालित युनियन हाउस नामक रेष्टुरन्टलाई एक दशकसम्म निशुल्क पार्किङ गर्न दिएको सरकारले अहिले समाजसेवामा क्रियाशिल हाम्रो टिम नेपालका अभियान्तालाई भने सरकारी जग्गा कब्जाको आरोप लगाएको छ ।

    केही समयअघि पाण्डेले ‘प्रधानमन्त्रीको मान्छे हुँ’ भन्दै चन्दा आतंक मच्चाएको समेत सार्वजनिक भएको थियो । स्रोतका अनुसार उनै पाण्डेको रेष्टुरेन्टको पार्किङका लागि हाम्रो टिम नेपाललाई त्यहाँबाट हटाउन पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार