Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकारी जग्गा कब्जा गरेको भन्दै हाम्रो टिम नेपालका अभियन्ता पक्राउ

    सरकारी जग्गा कब्जा गरेको भन्दै हाम्रो टिम नेपालका अभियन्ता पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । हाम्रो टिम नेपाल नामक एक संस्थाका अभियन्ता भनेर चिनिने विमल पन्तलाई प्रहरीले पक्राउ गरेको छ।

    अभियन्ता पन्तलाई अनामनगरस्थित सिंहदरवारको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।



    पछिल्लो समय हाम्रो टिम नेपालले निषेधाज्ञाको समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो। यस्तै त्यसअगाडि उक्त संस्थाले अनामनगरमै ६५ रुपैयाँमा खान खुवाउदै आएको थियो।



    प्रहरीका अनुसार पूर्वी गेटनजिकै रहेको युनियन हाउससँगैको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक पटक ताकेता गर्दा पनि खाली नगरेपछि प्रक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार