Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्र प्रहरीले गर्‍यो साहसिक काम, कमला नदिको बीच टापुमा फसेका तीन जनाको उद्वार

धनुषा।  अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्वार गरेको छ ।

रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदिको बीच भागमा रहेको टापुमा फसेका थिए ।

उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077