Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउनभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

काठमाडौं । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए ।

संक्रमणदर कम भएकाले परीक्षा सञ्चालन गर्न सकिने भन्दै बोर्डले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको जनाएको छ ।

गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको बोर्डले यो वर्ष भने शतप्रतिशत लिखित परीक्षा लिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077