Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सप्तरीमा लागूऔषधसहित दुई जना पक्राउ

रामनारायण यादव / सप्तरी । भारतबाट अवैध लागूऔषध ल्याउँदै गर्दा एक महिलासहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ बस्ने ३३ वर्षिय चोलाधर पोखरेल र सप्तरीको सुरङ्गा नगरपालिका वडा नम्वर ९ पिप्राह बस्ने ३० वर्षिया रोमा बिक रहेका छन्।

सशस्त्र प्रहरी बिओपी तिलाठीका बरिष्ठ हवल्दार बिनोद कुमार यादवको कमाण्डमा गएको गस्ति टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आउँदै गर्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट डाइलेक्स १० थान, नाइट्राजेपम ट्यावलेट २० पिस र स्पास्पोर भोनप्लस १ सय ४४ पिस बरामद भएको सशस्त्र प्रहरी बिओपी तिलाठीले जनाएको छ ।

यता पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077