Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस नेता धनराज गुरुङले गरे निर्मला पन्त र सुजिता भण्डारीको हत्यामा संलग्नलाई कारवाहीको माग

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नेता धनराज गुरुङले सुजिता भण्डारी मृत्यु प्रकरण दोषीलाई कारवाहीको माग गरेका छन्।

केहि दिन अगाडि अपहरणमा परेकी राप्ती नगरपालिका वडा नं. ३ की भण्डारीको शव फेला परेको बिषयमा सामाजिक संजालमार्फत आवाज उठाउदै नेता गुरुङले कैलालीकी निर्मला पन्त हत्या प्रकरणसँग तुलना गरेर यस्तो भनेका हुन्।

निर्मला पन्त घट्नापछि तत्कालीन गृहमन्त्रीको भनाइ थियो, 'यस्तो घट्ना त अम्रिकातिर पनि हुन्छ।' उनको यो भनाइले दोषीलाई कारबाही हैन प्रोत्साहन गर्‍यो ।' नेता गुरुङले त्यतिबेलाको गृहमन्त्रीको भनाइ सम्झिदै भने।

नेपाल प्रहरीको प्रधान कार्यालयलाई मेन्सन गर्दै उनले लेखेका छन् ,'निर्मला पन्त घट्नापछि तत्कालीन गृहमन्त्रीको भनाइ थियो,'यस्तो घट्ना त अम्रिकातिर पनि हुन्छ।' उनको यो भनाइले दोषीलाई कारबाही हैन प्रोत्साहन गर्यो। त्यसपछि दर्जनौं घट्ना घटिरहेका छन्। यस्तै घट्नाको दुखद समाचार बनिन् चितवनकी सुजिता भण्डारी। दोषी उम्कन नपाओस्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077