Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकपका खेलहरुमा सट्टाबाजी गर्ने भारतीय नागरिकसहित ८ जना अपराध महाशाखाको फन्दामा

काठमाडौँ । युरोपका विभिन्न शहरहरुमा जारी १६ औँ संस्करणको युरोकप फुटबल २०२०लगायतका खेलहरुमा सट्टेबाजी गर्ने ८ जना व्यक्तिहरु महानगरीय प्रहरी अपराध महाशाखाको फन्दामा परेका छन्।

महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौँ सुकेधारा बस्ने ५७ बर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ढोकाटोल बस्ने ४७ बर्षीय जिवन लामा, कुलेश्वर बस्ने ४६ बर्षीय सुरज टिवडेवाल र गोबिन्द प्रसाद आचार्य र भारतीय नागरिकहरु काठमाडौँकै इन्द्रचोक बस्ने ४९ बर्षीय राजेश कुमार अग्रवाल, क्षेत्रपाटी बस्ने ३३ बर्षीय सुचित डालमिया अग्रवाल र मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेका छन्।

हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाउनेलाई महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीहरुलाई काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाटलगायतका बिभिन्न स्थान बाट अनलाइन ब्याटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077