Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध ९ किलो चाँदीको गहनासहित २ जना पक्राउ

सिरहा । भगवानपुर गाउँपालिका-१ स्थित सडकबाट करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहना सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका-३ बस्ने २८ बर्षीय मन प्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका-३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन् ।

प्र.२-००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077