Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिंहदरबारमा एमाले कार्यदलको बैठक, विवाद समाधानको प्रयास जारी

    सिंहदरबारमा एमाले कार्यदलको बैठक, विवाद समाधानको प्रयास जारी

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ।

    सिंहदरवारमा सुरु भएको बैठकमा कार्यदलमा दुवैपक्षका पाँच / पाँच जना नेता रहेका छन् ।



    कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् । नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्।



    सहभागी हुन सोमबार साँझ बसेको बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको थियो।

    गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल गठन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार