Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुजिता भण्डारी मृत्यु प्रकरणमा नयाँ मोड, सिमकार्डबिनाको मोबाइल भेटियो

    सुजिता भण्डारी मृत्यु प्रकरणमा नयाँ मोड, सिमकार्डबिनाको मोबाइल भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.8K
    SHARES

    चितवन । गत असार २० गते जिल्लाको राप्ती नगरपालिकास्थित ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा गलेको अवस्थामा शव फेला परेकी सुजिता भण्डारीले प्रयोग गर्ने  गरेको मोबाइल भेटिएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार सुजिताको शव भेटिएको घटनास्थल नजिकैबाट उनले प्रयोग गर्ने गरेको मोबाइल भेटिएको हो । ‘शव भेटिएको ठाउँभन्दा करिब २० मिटर पर सिमकार्डबिना मोबाइल भेटिएको छ,’ एसपी अधिकारीले भने।



    त्यस्तै घटनास्थलमा पतेरोमा हाल्ने विषादीको बट्टा, झोला फेला परेको एसपी अधिकारीले बताए। ‘घटनास्थलमा अन्य प्रमाणहरु खोज्ने काम भइहेको छ’, एसपी अधिकारीले भने।



    घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन । सीआईबीबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने एसपी अधिकारीले बताए ।

    असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन्।

    प्रहरीले सुजिताले प्रयोग गर्दै आएको मोवाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायत सामग्रीको समेत अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार