Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चितवन र महोत्तरीको घटना सेलाउन नपाउँदै बिर्तामोडमा पनि युवतीको शव फेला

    चितवन र महोत्तरीको घटना सेलाउन नपाउँदै बिर्तामोडमा पनि युवतीको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 2.4K
    SHARES

    झापा । चितवन र महोत्तरीको घटना सेलाउन नपाउँदै बिर्तामोडमा पनि एक युवतीको शव फेला परेको छ ।

    बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।



    सोमबार बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जनाए।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको  खुलेको छ ।

    यसअघि  चितवन, राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको  बेपत्ता भएको १० दिनपछि शव फेला परेको थियो भने महोत्तरीमा गत जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिता ठाकुरको पनि  करिब ४० दिनपछि गाडिएको अवस्थामा शव फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार