Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुजिता भण्डारी मृत्यु प्रकरण : बिहे गर्न अस्वीकार गरेका ‘प्रेमी दाई’ कारागार चलान

    सुजिता भण्डारी मृत्यु प्रकरण : बिहे गर्न अस्वीकार गरेका ‘प्रेमी दाई’ कारागार चलान

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 2.5K
    SHARES

    चितवन। सुजिता भण्डारी मृत्यु प्रकरणका आरोपी सुकदेव भण्डारी आज कारागार चलान भएका छन् । उनी अदालतमा धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका हुन्।

    अदालतका श्रेस्तेदार किशोर आचार्यका अनुसार जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारीको ईजलासले भण्डारीसँग ५० हजार धरौटी माग गरेको थियो ।



    यसअघि आइतबार जिल्ला अदालत चितवनमा मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो । मृतककी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।



    असार ११ गतेदेखि हराएकी सुजिताको शव असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा भेटिएको थियो। काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट हत्या भएको देखिएन । भिसेरा परीक्षणको रिपोर्ट भने आउन बाँकी नै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार