Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रभु साहकी पत्नीलाई प्रधानमन्त्रीको फोन, यस्तो भयो कुराकानी

रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहट जिल्लाको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेर हालखबर बुझेका छन् ।

दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीले फोन गरेको भन्दै मेयर रिनाकुमारीले प्रधानमन्त्री ओलीले फोनवार्तामा आफ्नो हालखबर सोधेको बताईन्।

मेयर रिनाकुमारीका अनुसार झन्डै १५ मिनेटको फोनवार्ताको क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबानलगायतको विषयमा प्रधानमन्त्रीले चासो राखेका थिए।

प्रधानमन्त्रीले आफू र आफ्नो परिवारको हालखबरबारे पनि जिज्ञासा राखेको मेयर साहको भनाइ छ । ‘प्रधानमन्त्री ओलीले तपाईको कतिजना छोराछोरी छन्, कति वर्षका भए ? कुनकुन कक्षामा पढ्दैछन् भनेर सोध्नुभयो,’ मेयर शाहले भनिन्, ‘मैले सहजरूपमा जवाफ दिएँ ।’

अविरल वर्षा र बाढीले रौतहट डुबानमा परेको समय प्रधानमन्त्री ओलीले जिल्लाको अवस्थाबारे बुझ्न आफूलाई फोन गर्नु गौरवको विषय भएको मेयर साहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077