Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ।

डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँ बढाइएको छ भने खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको छ।

निगमका अनुसार अब प्रति लिटर पेट्रोल १२९ तथा डिजेल र मट्टितेल समान ११२ रुपैयाँ पुगेको छ। यस्तै खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ४२५ रुपैयाँ पुगेको छ।

निगमले दुई साता अघि मात्र पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढेको निगमले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077