Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिंहदरवारमा एमाले कार्यदलको बैठक, सहमतिको सम्भावना कति ?

    सिंहदरवारमा एमाले कार्यदलको बैठक, सहमतिको सम्भावना कति ?

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले एकताबद्ध गराउने सहितका विषयमा एमालेको दुवै समूह छलफलमा जुटिरहेको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो ।



    बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई संयुक्त रुपमा पार्टी एकताबद्ध रहेको सन्देश जारी गराउने गरि छलफल गरिरहेका हुन् ।



    सहमति नजिक पुगेका बताएका संस्थापन ओली र माधवकुमार समूहका नेताहरुबीच बुधबार पनि वार्ता भइरहेको छ ।

    बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत  ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार