Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले विवाद : सहमति नजिक, भोलि फेरि बस्ने निर्णय

    एमाले विवाद : सहमति नजिक, भोलि फेरि बस्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 3K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक सकारात्मकबन्दै गएको नेताहरुले बताएका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदलको बैठक सकारात्मक बनेको ओली पक्षीय नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।



    विवाद समाधान निष्कर्षउन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिँदै पार्टी प्रवक्ता समेत रहेका ज्ञवालीले भने, ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’।



    अर्को बैठक भोलि बिहान फेरि ११ बजे बस्नेछ । गत सोमबारदेखि सुरु भएको कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको बताइएको हो ।

    कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार