Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कैलाली बालक हत्या प्रकरण : आफ्नै दिदीहरुले हत्या गरेको प्रहरीको खुलासा, २ जना पक्राउ

धनगढी । बुधबार कैलालीमा मृत अवस्थामा भेटिएका ३ वर्षीय बालक विवेक विष्टको हत्या भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १का दीलिप विष्टका ३ वर्षीय छोरा विवेकको हत्या भएको सुदूरपश्चिम प्रहरी कार्यालले जनाएको छ ।

प्रहरीले बालक हत्यामा संलग्न रहेको आरोपमा एक किशोरी तथा ती किशोरीलाई सहयोग गर्ने अर्की किशोरीलाई पनि पक्राउ गरिसकेको बताएको छ ।  बालक गत मंगलबारदेखि बेपत्ता भएका थिए । प्रहरीले बुधबार अपरान्ह टीकापुर नगरपालिका वडा नम्बर ४ स्थित कुलोको किनारामा बालकको शव फेला पारेको थियो।

शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा ती बालककी दिदी पर्ने १५ वर्षीय किशोरीले पारिवारिक रिसिइवीका कारण हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार ती किशोरीले आफूले बालकलाई कुलोमा धकेलेर हत्या गरेको स्वीकार गरेकी छन्। प्रहरीले किशोरीको नाम भने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077