Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिरहाबाट लागूऔषध गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

    सिरहाबाट लागूऔषध गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 1.9K
    SHARES

    रामनारायण यादव / सिरहा । सिरहा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट एकै दिन प्रतिबन्धित लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

    लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्वर ११ नैनपुर बस्ने ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो ।



    सोही ठाउँ बस्ने पन माहतोको घरमा प्रहरी टोलिले सूचनाको अधारमा चेक जाँच गर्ने क्रममा घर भित्र लुकाएर राखिएको लागूऔषध बरामद भएको हो ।



    बिहीबार गोप्य सूचनाको आधारमा प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे ६ किलो गाँजा र लागुऔषध ६ सय स्पानो ट्याबलेट बरामद भएपछि उनलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    यस्तै, बिहीबार नै लागुऔषध ब्राउनसुगर ९ खैरोहिरोइन सहित प्रहरीले गोलबजार नगरपालिका वडा नमवर ६ गुम्बाचोक बस्ने राकेशकुमार लामालाई पक्राउ गरेको छ । लामाको साथबाट प्रहरीले २ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले घर नजिकैबाट लामालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

    त्यस्तै प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार साँझ लागुऔषधसहित जिल्लाको सखुवान्नकारकट्टि गाउँपालिका वडा नम्वर ४ खयरबोना बस्ने सुनिल गिरीलाई पक्राउ गरेको छ । भारतीय बजारबाट फर्किँदै गरेका बेला चेक जाँच गर्दा गिरीको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाइजी ल्याब १४ लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

    यसैगरी, प्रदेश नम्वर २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजारबाट लागुऔषधसहित सप्तरीको बलानबिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका वडा नम्वर १० बस्ने २५ वर्षीय प्रवीण शर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट १ सय पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीको जनाएको छ ।

    पक्राउ परेकाहरु माथि थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकील जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार