Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रजतपटका सुवेदीले आफ्नो चरित्र हत्या गरेको नायिका गरिमाको गुनासो

    रजतपटका सुवेदीले आफ्नो चरित्र हत्या गरेको नायिका गरिमाको गुनासो

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । नेपाली सिने क्षेत्रकी अभिनेत्री गरिमा शर्माले रङ्गपत्रकार प्रकाश सुवेदीले आफ्नो चरित्र हत्या गरेको गुनासो गरेकी छिन्।

    केही समयअघि अभिनेत्री पूजा शर्मालाई टेलिभिजन कार्यक्रमबाटै ‘दाह्रा निस्कएको अनुहार’ भन्दै व्यंग्य गरेपछि ‘बडी सेमिङ’ को आरोप खेपेका रजतपट प्रस्तोता सुवेदी अहिले फेरि विवादमा तानिएका छन् ।



    आफूले चलाउँदै आएको कार्यक्रम ‘रजतपट’को पछिल्लो एपिसोडमा प्रसारण भएको मोडलद्वय गरिमा शर्मा र दुर्गेश थापा सम्बन्धित रिपोर्टका कारण उनी विवादमा तानिएका हुन्।



    पछिल्लो समय टिकटक हुँदै म्यूजिक भिडियोमा व्यस्त रहेकी मोडल गरिमाले प्रस्तोता सुवेदीले राष्ट्रियस्तरको टेलिभिजनमा आफ्नो चरित्र हत्या गर्ने सामग्री प्रसारण गरेको भन्दै न्यायिक बाटो रोज्ने बताएकी छन्।

    नायिका शर्माले सामाजिक सञ्जालमार्फत् असार २४ गते साँझ एपिवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा आफ्नो बिषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भिर आपत्ती प्रकट गर्दै चरित्र हत्या भएको गुनासो गरेकी छिन्।

    ‘केहि दिन अगाडी टिकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त संवाद कसरी शुरु भएको थियो र के सिसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछी थप प्रष्ट हुनेछ ।’ उनले लेखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार