Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कार्यदल बैठक छोडेर बाहिरिएका शङ्कर पोखरेलले भने – पार्टी एकता आजभोलि नै टुंग्याउँछौं

    कार्यदल बैठक छोडेर बाहिरिएका शङ्कर पोखरेलले भने – पार्टी एकता आजभोलि नै टुंग्याउँछौं

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।

    शुक्रबार चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । नेता पोखरेलले पार्टी एकता आजभोलि नै टुंग्याउने भन्दै बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताए ।



    ‘सहमतिको अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आज भोलि नै टुंग्याउँछौं’, पोखरेलले भने ।



    पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ । कार्यदलका सदस्यहरूले आफ्नो तर्फबाट ‘एजेण्डा’मा लगभग सहमति जुटिसकेको र त्यसलाई ‘फाइनलाइज’ गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन् ।

    कार्यदलमा माधव पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त तथा भीम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु प्रसाद पौडेल, सचिव प्रदीप कुमार ज्ञवाली, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, विष्णु रिमाल रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार