Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

'ओली पक्षले एकता भाड्न अध्यक्षको हैसियत मागेको भ्रम फैलाए'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले नेता नेपाललले पार्टी अध्यक्षतको हैसियत मागेको समाचार भ्रमपूर्ण रहेको भन्दै खण्डन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भइरहेका सम्पूर्ण प्रयासहरुलाई असफल बनाउन ओली समूहले भ्रम फैलाएको भन्दै नेता नेपाललको सचिवालयले खण्डन गरेको हो ।

‘पार्टी एकताका लागि कार्यदलले प्रयास गरिरहेको छ । कार्यदलको पछिल्लो प्रगति पनि सकारात्मक दिशातर्फ उन्मुख रहेको बेला एकता प्रयास असफल बनाउन भ्रम फैलाइएको हो, सचिवालय स्रोतले भन्यो, 'वरिष्ठ नेता नेपालले यस्ता कुनै पनि प्रस्ताव गर्नु भएको छैन ।’

गत बुधबार अध्यक्ष ओली र नेता नेपालबीच लामो समयपछि होटल मेरियटमा भेटवार्ता भएको थियो । उक्त भेटपछि केही संचार माध्यमले नेता नेपालले अध्यक्षको हैसियत मागेको भन्दै समाचार लेखेपछि सचिवालयले खण्डन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077