Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयल निगमद्वारा आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा आउन आह्वान

    आयल निगमद्वारा आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा आउन आह्वान

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित संयुक्त विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ ।

    विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका थिए । विद्यार्थी नेता कार्यकर्ताहरुले आइतबार माइतीघरमा भेला भई शंख फुकेर विरोध जनाएका थिए ।



    यसै विरोधलाई रोक्न आइतबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि, असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनलाई बोलाएको हो ।



    गत असार २४ गते संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले जनाएको छ ।

    गत साता निगमले पेट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रतिसिलिन्डर अधिकतम २५ रुपैयाँले मूल्य बृद्धि गरेसँगै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार