Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अफगानिस्तानमा अमेरिकाको अधुरो लडाईंपछि सुरक्षाका कारण भारतले पनि दूतावास बन्द गर्दै

एजेन्सी। तालिवानले  शुक्रवार  अफगानिस्तानको ८५ प्रतिशत क्षेत्र कब्जा गरेको दाबी गरेको छ।

तालिवानले  इरान र तुर्कमेनिस्तानको सीमा आफ्नो नियन्त्रणमा रहेको पनि दाबी गरेको छ ।

२० बर्षको अधूरो लडाईंपछि अमेरिकाले आफ्नो सेना फिर्तागरेको छ र यो फिर्ती अगस्त महिनामा पूर्ण हुनेछ। अमेरिकाले यसको लागि सेप्टेम्बर ११ को अन्तिम म्याद तय गरेको छ।

तालिबानी प्रवक्ता जाबिलुह मुजाहिदले एएफपी समाचार एजेन्सीलाई आफ्ना लडाकूहरूले इरानको सिमानामा रहेको इस्लाम कालाको नियन्त्रण लिएको जनाएको छ । यद्यपि अफगानिस्तान सरकारले यस विषयमा सम्पूर्ण कुरा स्पष्ट गरिरहेको छैन।

यसको बाबजुद पनि, अमेरिकी राष्ट्रपति जो बाइडेनले  अफगानिस्तानले आफ्नै भविष्यको निर्णय गर्न सक्ने वताएका छन्। अर्कोतिर अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लिने प्रभाव र तालिवानको बढ्दो प्रभावले भारतमा गहिरो प्रभाव पार्छ जस्तो देखिन्छ।

आइतबार अँग्रेजी अखबार 'द हिंदू' ले पहिलो पृष्ठमा  तालिबानको बढ्दो प्रभावलाई ध्यानमा राख्दै भारतले अफगानिस्तानको कंधारमा अस्थायी रूपमा आफ्नो वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको एक रिपोर्ट प्रकाशित गरेको छ।

अखबारको रिपोर्ट अनुसार लगभग ५० कूटनीतिज्ञ र सुरक्षाकर्मीलाई भारतीय वायुसेनाको उडानबाट फिर्ता ल्याइएको छ।

काबुलमा भारतको दूतावास र मजार-शरीफमा रहेको अर्को वाणिज्य दूतावास अझै बन्द छैनन्।  तालिबानकै कारण  काबुलमा भारतीय दूतावासलाई सुरक्षित राख्नु सजिलो हुनेछैन।

हालसालै, पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीले अफगानिस्तानको न्युज च्यानल 'टोलो न्युज' लाई   भारत र अफगानिस्तानको सीमा छैन जस्तो देखिन्छ, तैपनि भारतले अफगानिस्तानमा चार वाणिज्य दूतावास खोलेको भन्दै एक अन्तर्वातामा वताएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, 'भारतले अफगानिस्तानमा बढ्दो सुरक्षा चिन्तालाई निरन्तरता दिइरहेको छ। हाम्रो कर्मीहरूको सुरक्षा सर्वोपरि महत्त्वको छ। कंधारमा भारतीय वाणिज्य दूतावास बन्द छैन। यद्यपि कंधार शहर नजिकै बढेको हिंसाका कारण भारतीय कर्मचारीहरू फिर्ता ल्याइएको छ। यो अस्थायी कदम हो। बिबिसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077