Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालुवाटारबाट बाहिरिँदै ओली, मंगलवार मध्यान्ह १२ बजे अगावै बालकोट सर्ने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोली पदबाट राजिनामा दिने र  मध्यान्ह १२ बजे अगावै बालकोट सर्ने तयारी थालेका छन्।

बालुवाटार स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले भोली साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति कार्यालयको प्रशासनले देउवालाई  शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ ।

सर्वोच्च अदालतले सोमवार र प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली आफु निकट नेताहरुसँगको अनौपचारिक छलफलपछि  आज साँझ शीतल निवास पुगेका थिए। ओलीले बालुवाटारमा एमाले स्थायी समितिको बैठक भोलि बिहानका लागि बोलाएका छन् ।

आजै बसेको विपक्षी गठबन्धनले  देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको माधव नेपालसहितको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077