Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पेरिसडाँडाबाट बूढानीलकण्ठ हानिए प्रचण्ड, देउवासँगको भेटपछि मन्त्रीहरुको टुङ्गो लगाइने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलका लागि बुढानिलकण्ठ पुगेका छन् ।

सरकारमा हुने सहभागितालाई लिएर छलफलका लागि प्रचण्ड देउवालाई भेट्न गएका हुन् । स्थायी कमिटिमा बैठकमा सदस्यहरुको सुझावसहित प्रचण्ड देउवासँगको भेटका लागि पुगेका हुन् ।

यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले सकेसम्म महिला, दलित, जनजाती र नयाँ अनुहारहरुलाई नयाँ सरकारमा पठाउने गरि छलफल सुरु भएको स्रोतको भनाइ छ।

त्यसमा पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। यता क्षमताका हिसाबमा जनार्दन शर्माले फेरि पनि मन्त्री पाउने सम्भावना रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077