Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सामाजिक अभियन्ता भनिने ज्वाला संग्रौलासहित ४ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सामाजिक अभियन्ताको खोल ओढेर अभद्र व्यवहार गर्ने,  धम्की दिँदै हिड्ने ज्वाला संग्रौलासहित चार जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश ओमप्रसाद अर्यालको इजालसले अभियन्ता दाबी गर्ने ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमाल उपाध्याय भनिने हिमालप्रसाद उपाध्यायलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

अभियन्ता भनिने संग्रौलाले ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुव्र्यवहार गरेको घटनामा गत असार ६ गते उनीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो।

उनीहरु चारै जनाविरुद्ध जातीय तथा सामाजिक भेदभावसम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको थियो । मुलुकी फौजदारी अपराध संहिता १६६ अनुसार जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077