Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सपथका लागि बूढानीलकण्ठबाट शीतल निवासतर्फ निस्किए देउवा

    सपथका लागि बूढानीलकण्ठबाट शीतल निवासतर्फ निस्किए देउवा

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि शीतल निवासतर्फ लागेका छन् ।

    केही बेरअघि बूढानीलकण्ठस्थित निवासबाट निस्केर राष्ट्रपति भवन शीतल निवासतिर लागेका हुन् ।



    सोमबार सर्वोच्च अदालतको परमादेशको बलमा प्रधानमन्त्री बनेका देउवालाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।



    प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरिरहेका देउवाले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीलाई नियुक्ति गर्ने भएका छन्।

    यस्तै, माओवादी केन्द्रको तर्फबाट पनि अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री बन्ने पक्का भएका छन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार