Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपतिले नियुक्तिपत्र सच्चाएपछि देउवाको शीतल निवासमा धमाकेदार इन्ट्री

    राष्ट्रपतिले नियुक्तिपत्र सच्चाएपछि देउवाको शीतल निवासमा धमाकेदार इन्ट्री

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्तिपत्र सच्चाएपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि शीतल निवास प्रवेश गरेका छन्।

    यसअघि देउवालाई राष्ट्रपति  भण्डारीले संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेकी थिइन्। जसको आलोचना भएको थियो। पछि संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास जान लागेका हुन्।



    सोमबारको सर्वाेच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार भन्दै संविधानको धारा ७६ को उपधारा (५) उल्लेख नगरी राष्ट्रपतिले नियुक्त गरेपछि देउवाले शपथ नलिने अडान राखेका थिए ।



    प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरिरहेका देउवाले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीलाई नियुक्ति गर्ने भएका छन्।

    यस्तै, माओवादी केन्द्रको तर्फबाट पनि अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री बन्ने पक्का भएका छन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार